
चैत्र २२ शुक्रबार,२०८१/जाजरकोट-
जाजरकोटको पैंक केन्द्रबिन्दु बनाएर भुकम्पका दुई झटका महसुस गरिएका छन ।
शुक्रबार राति जाजरकोटको उत्तर पुर्वस्थित कुशे गाउँपालिकाको पैंकमा राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३ मिनेटको अन्तरालमा दुई भुकम्प गएका हुन । केन्द्रका अनुसार ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
जाजरकोट भूकम्पका कारण डोल्पा, रुकुम, सल्यान,सुर्खेत लगायत जिल्लामा पनि धक्का महसुस गरिएको थियो । भौगोलिक रुपमा पैंक जुम्लासँग जोडिएको छ ।
यस अघि २०८० कार्तिकमा गएको भुकम्पको क्षतिपुर्ती न पाउदै त्यहाँका जनतालाई अर्को त्रास थपीएको छ ।
त्यतिखेर ६.४ रेक्टरस्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइते भएका थिए ।