आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो !

राजनीति समाचार


चैत्र २९ शुक्रबार,२०८१/काठमाडौं-
भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाको भद्रपुर हुँदै हवाई जहाज मार्फत काठमाडौं ल्याइएको छ ।

तीनकुनेमा २ जनाको ज्यान जाने गरि अराजकता मच्चाउने भिडकोनेतृत्व गर्ने प्रसाईंलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

काठमाडौंस्थित विमानस्थलमा नेपाल प्रहरीको गाडी अवतरण स्थलमै पुगेको थियो र गोप्य बाटोबाट उनलाई बाहिर निकालेर प्रहरी परिसर काठमाडौं पुर्‍याइएको थियो ।

‘म आत्तिएको छैन । यो तस्कर विरुद्धको लडाइँ हो….,’ उनले हतारमा प्रतिक्रिया दिए ।

उनले नेपालमै छु भन्दै सामाजिक संजालमा पोस्ट गर्दै आएका थिए । उनका राजाबादी समर्थकहरुले हिजो उनले आसामबाट आफै गिरफ्तारी दिएको भनेर लेखेका थिए ।

उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने छ ।