
वैशाख ३ बुधबार,२०८२/काठमाडौं-
गृहमन्त्री रमेश लेखकले सिराहामा यौन दुर्व्यवहार पीडित युवतीको मृत्यु प्रकरण बारे छानबिन गर्न निर्देशन दिएका छन ।
सिराहा नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाको मंगलबार नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित आफ्नै माइतीघरमा झुण्डिएको अवस्थामा शव भेटिए पछि गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो ।
चार महिनाअघि पुस ९ गते पीडित सदालाई आफ्नो दिदीको घरमा गइ रहेको बेला दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका थिए ।
उनले मृत्यु अघि किटानी जाहेरी दिएपनी अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । सुरुमा घटना घटने बित्तिकै इलाका प्रहरी कार्यालय महेशपुर पतारले पीडितले दिएको जाहेरी दर्ता गर्न मानेको बताइन्छ ।
उता दुबै अभियुक्त भने फरार रहेका छन ।