चैत्र ४ बिहीवार,२०८२/काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टीकि नेतृ सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी छिन ।
प्रतिनिधि सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग उनी पक्राउ पर्नुअघिनै भएको सल्लाह अनुसार राजीनामा दिएकि हुन ।
श्रेष्ठले सभापति लामिछानेको पार्टीलाई पुनर्संरचना गर्ने योजनालाई साथ दिदै सहमहामन्त्री पदबाट राजीनामा दिएको बताइन्छ ।
उनले संसदमै प्रभावकारी भूमिका निर्वाह गरेर पार्टीलाई सघाउने कुरा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
नेताहरुले दोहोरो भुमिकामा नरहेर काम गर्ने केन्द्रिय समितिको बैठकको निर्णय अनुसारनै अन्य नेताहरूले पनि व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ ।
