सिंहदरबारभित्रै जुलुस निकालेपछि लिङ्देनसहित राजाबादीहरु पक्राउ !

राजनीति समाचार

चैत्र ७ आइतबार,२०७२/काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत राजाबादी नेताहरूले सिंहदरबारभित्रै जुलुस निकालेपछि पक्राउ परेका छन ।

आइतबार राजाबादीहरुले बानेश्वरमा प्रदर्शन गरि रहेको बेला राप्रपा अध्यक्ष लिङ्देन लगायतका राजाबादी नेताहरुले सिंहदरबारभित्रै नाराजुलुस गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई पनि प्रदर्शनका क्रममा पक्राउ गरीएको छ ।
राप्रपाको संसदीय दलको कार्यालयबाट निस्किने बित्तिकै उनीहरुले नारा जुलुस सहितको प्रदर्शन गरेका थिए ।