वैशाख ८ सोमबार,२०८२/काठमाडौं-
घेरबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बताइन्छ ।
यता शिक्षकहरू तीन सातादेखि सडकमा आन्दोलनरत भई रहदा, प्रधानमन्त्री केपी ओली शिक्षक एनबारे सकारात्मक न देखिए पछि उनी राजीनामा दिन बाध्य भएकी हुन ।
उनी आफ्नो श्रीमान पुर्व पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि राजनीतिमा पुनः सकृय भएकी हुन ।
कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् ।
निर्वाचन अघि क्याम्पसमा अध्यापन गर्दै आएकी उनले आफ्नो क्षमताले भ्याए जति सबै प्रयास गरेको प्रतिक्रिया दिने गर्थिन ।
