नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तद्वारा शपथ ग्रहण !

अन्य राजनीति समाचार

बैशाख ११ बिहीवार,२०८२/काठमाडौं-
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित सपथ ग्रहण समारोहमा नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले पदभार ग्रहण गर्दै सपथ लिएका हुन् ।

पुर्व मन्त्री बिद्या भट्टराईले गत बैशाख ८ गते राजीनामा दिएपछि पन्तलाई हिजो उनको स्थानमा नियुक्त गरिएको थियो ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।