बैशाख १३ शनिबार,२०८२/काठमाडौं-
नेपाली काङ्ग्रेसकी सांसद माया राईलाई सहकारी ठगी मुद्दाबारे अनुसन्धानका लागि पक्राउ गरिएको छ ।
भोजपुर स्थायी घर भएकी सांसद माया राईलाई शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ गरिएको हो ।
स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगी मुद्दामा फरार रहेकी राईलाई
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
सत्ताको आडमा पक्राउ नगरिएको र माननीय भए बापतको सबै सेवा सुविधा लिई रहेको भन्दै उनी बिरुद्ध ब्यापक आलोचना हुँदै आएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितलाई प्रतिवादी बनाएर एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागसहित पक्राउ गर्दा उनलाई भने प्रतिबादी न बनाएकोमा पीडितहरु आक्रोसित थिए ।
नेपाली काङ्ग्रेसले उनलाई समानुपातिक सांसद बनाएको थियो ।
