बैशाख १५ सोमबार,२०८२/काठमाडौं-
सहकारी पीडितले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।
सोमबार सहकारी पीडितहरुले कालो कपडाले अर्ध शरीर, मुख र टाउको ढाकेर प्रदर्शनमा उत्रिएका हुन ।
आफुहरुले सहकारीमा बचत गरेको रकम अपचलन भएको भन्दै पिडकहरुलाई कार्वाहीको माग गर्दै उनीहरू लामो समय देखि आन्दोलन गर्दै आएका छन ।
सरकारले संस्थाका सञ्चालकहरुको सम्पत्ति जफत गरेर त्यसको रकम पीडितलाई वितरण गर्ने निर्णय गरे पनि कार्यान्वयनमा भने आएको छैन ।
सरकार आफ्नो समस्याप्रति उदासिन भएको उनीहरुको भनाई छ ।
