पार्टी एकता स्थलबाट नै रेशम चौधरी पक्राउ !

राजनीति समाचार

बैशाख १४ बुधबार,२०८२/काठमाडौं-
नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी जनमत पार्टीसँग एकता गर्ने दिन स्थलबाट नै पक्राउ परेका छन ।

बुधबार सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि आयोजीत कार्यक्रम स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट रेशम चौधरी पक्राउ परेका हुन ।

चौधरीलाई सादा पोशाकमा पुगेका प्रहरीले प्रज्ञा भवनबाट पक्राउ गरेको थियो ।

२०७२ भदौमा भएको टीकापुर घटनाको आरोपमा जन्मकैद सजाय पाएका चौधरीलाई राष्ट्रपतिले २०८० मा गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिएका थिए ।

यसै सिलसिलामा उनी ५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेर रिहा भएका थिए । रिहाईको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

सो मुद्दाको सुनुवाइ जारी रहेको छ ।