सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति !

राजनीति समाचार

बैशाख १७ बुधबार,२०८२/काठमाडौं-
सरकार र आन्दोलनरत शिक्षकहरुबीच ९ बुँदे सहमति भएको छ ।

बुधबार साझ सिंहदरवारमा भएको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुसँग ९ बुँदे सहमति गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि आजै गृहमन्त्री रमेश लेखक,शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको थियो ।

नयाँ विद्यालय शिक्षा ऐन २०८२ असार १५ भित्र ल्याइने बताइएको छ ।

शिक्षकहरु बिद्यालय शिक्षा एनको माग गर्दै आन्दोलनमा उत्रिएको आज २९ औं दिनमा बल्ल गम्भीर वार्ता भएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग बेवास्ता गर्दै आएका थिए ।

यद्यपि कतिपय शिक्षकहरुले भने अझै पनि सरकारको इमानदारीता प्रति आशंका जाहेर गरेका छन ।

आन्दोलनका क्रममा करिब ६० जना शिक्षक र एक पत्रकार घाइते भएका थिए ।