
बैशाख १८ बिहीवार,२०८२/काठमाडौं-
सरकार र शिक्षकहरुबीच भएको ९ बुँदै सहमतिप्रति असन्तुष्ट हुँदै विद्यालय कर्मचारी परिषद्ले आन्दोलन गर्ने घोषणा गरेको छ ।
बिहीवार काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माविमा बसेको बैठकले आजै साँझ आन्दोलनबारे ठोस कार्यक्रम सार्वजनिक गर्ने बताएको हो ।
बुधबार राती सरकारसँग भएको सहमतिमा आफुहरुलाई बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले आन्दोलन न रोक्ने निश्कर्शमा पुगेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जनाएका छन ।