
बैशाख २१ आइतबार,२०८२/काठमाडौं-
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिच भेटघाट भएको छ ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटघाट भएको हो ।
दुबै नेताबिच सङ्क्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको बताइएको छ । उक्त बैठकमा माओवादीको तर्फबाट अर्का नेता वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति थियो ।