युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकाया कर्णाली पर्यटन प्रवर्द्धन समिती सदस्यमा मनोनीत !

पर्यटन राजनीति समाचार

बैशाख २२ सोमबार,२०८२/बिरेन्द्रनगर-
युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकाया कर्णाली पर्यटन प्रवर्द्धन समिती सदस्यमा मनोनीत भएका छन ।

सोमबार कर्णालीका पर्यटन मन्त्री सुरेश अधिकारीले समितिको पहिलो बैठकबाट नै मुगु घर भएका युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकायालाई सदस्यमा मनोनयन गरेका हुन ।

यसैगरी बैठकमा कर्णालीको पर्यटन प्रवर्द्धन, पुर्वाधार विकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बजारिकरण, हवाई सेवा र पर्यटनका नितिगत निर्णयका बारेमा छलफल भएको बताइन्छ ।

नेकपा माओवादी केन्द्र निकट मानिएका रोकाया यस अघि गाउँ पर्यटन प्रबर्द्धन मञ्चको बोर्ड सदस्यको जिम्मेवारी सम्हाली सकेका छन ।