
बैशाख २४ बुधबार,२०८२-
हालै भएको पहलगाम आक्रमणको जवाबी आक्रमण भन्दै भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ स्थानमा हवाई आक्रमण गरेको छ ।
बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा’अपरेशन सिन्दूर’ नामक जवाबी आक्रमण गरिएको थियो ।
विभिन्न संचार माध्यममा ३० जना मारिएको भन्ने खबर आए पनि पाकिस्तानले भने २ बालबालिका सहित ८ जना मारिएको बताएको छ ।
उता पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले आफुहरुले यसको प्रतिकार गर्ने जनाएका छन् । पाकिस्तान प्रशासित कश्मिर लगायतको भुगोलमा रहेका विध्यालयहरु बन्द गरिएका छन ।
गत महिना भएको उक्त पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई “अकारण” भनेको छ र प्रधानमन्त्री शेहबाज शरिफले उक्त “दुष्टतापूर्ण आक्रमण”को बदला लिइने बताएका छन् ।
भारत सरकारले देशभरि ‘सिभिल डिफेन्स’ पूर्वाभ्यास गर्न निर्देशन दिएकोले आक्रमण निश्चित नै भनेर बुझिएको थियो ।
पाकिस्तानका अनुसार तीन भिन्नाभिन्नै ठाउँहरूमा प्रहार भएको छ : पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोट्ली अनि बाहवालपुर ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जियो टिभीसँग कुरा गर्दै ती हमलाले गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन् ।