
बैशाख २६ शुक्रबार,२०८२/काठमाडौं-
सत्तारूढ दल नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबार सरकारको नीति तथा कार्यक्रमलाई पारित गर्नका लागि आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
यही बैशाख २९ गते प्रस्तुत भएको आ.व. २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाको बैठकमा आइतबार निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
नयाँ बजेटका बिषयमा आफ्नै सांसदहरू असन्तुष्ट भएपछि एमालेले मतदानका लागि व्हिप जारी गरेको हो ।