
बैशाख २६ शुक्रबार,२०८२/काठमाडौं-
चीनले आफ्ना नागरिकहरुलाई नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न निर्देशन दिएको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासले भारत-पाकिस्तान तनावलाई मध्यनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा आफ्ना नागरिकहरुलाई भ्रमण नगर्न निर्देशित गरेको हो ।
यसैबीच नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा बनाइएको छ ।