बैशाख २७ शनिबार,२०८२-
भारत तथा पाकिस्तानबीच चार दिन देखि चल्दै आएको युद्धमा पूर्ण सङ्घर्षविराम लागेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्ध विरामका लागि पहल गरेपछि सो कदमले सकारात्मक रुप लिएको बताइन्छ । यसैबीच दुबै देशका अधिकारीहरूले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन । सो समाचार सम्प्रेषण हुनासाथ दुबै देशका नागरिकले खुसियाली मनाएका छन ।
सामाजिक सञ्जालको प्ल्याट्फर्म ‘ट्रूथ सोशल’मा एउटा सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन् : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ ।
“सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।”
शनिवार साँझ पाकिस्तानका प्रधानमन्त्री शेहवाज शरिफले “क्षेत्रीय शान्ति”का लागि डोनल्ड ट्रम्प र उनको प्रशासनले “सक्रिय भूमिका” निर्वाह गरेको भन्दै कृतज्ञता व्यक्त गरेका छन्।
उनले अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबिओलाई उनीहरूले “दक्षिण एशियाको शान्तिका लागि योगदान दिएको” भन्दै धन्यवाद पनि दिएका छन्।
हालै भारतको पहलगाममा भएको २६ जनाको हत्याले दुबै देशबीच तनावको वातावरण सृजना भएको थियो ।
