
जेठ १ बिहिवार,२०८२/काठमाडौं-
पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
बिहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद निलम्बन भएको हो ।
उनीहरूलाई भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको आरोपमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग आयोगले जनाएको छ ।
बस्नेत सिन्धुपाल्चोक- २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए ।
सूचना तथा सञ्चारमन्त्री हुँदा बस्नेतले टेरामक्सबारे क्षेत्राधिकार बाहिर गएर एकल निर्णय गरेको अख्तियारले दाबी गरेको छ ।
