जेठ ९ शुक्रबार,२०८२/रुकुम पश्चिम-
विद्युत् मर्मत गर्ने क्रममा रुकुम पश्चिममा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ ।
बिहीबार राति सदरमुकाम मुसिकोट–४ स्थित बोहोरागाउँमा विद्युत मर्मत गर्ने क्रममा रुकुम पूर्व विद्युत् वितरण केन्द्रमा कार्यरत कर्मचारी खिम बहादुर खड्काको मृत्यु भएको हो ।
रुकुम पूर्व सिस्ने गाउँपालिका–३ घर भएका खड्कालाई रुकुम पुर्व विद्युत केन्द्रले रुकुम पश्चिममा खटाएको थियो ।
रुकुम पूर्वबाट मर्मतका लागि खबर आएपछि उनी बोहोरागाउँमा गई पोल चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरी श्रोतले जनाएको छ ।
उनका आफन्त आएपछि शव घटनास्थलबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिने छ ।
