नामिबियाको मरुभूमिको बिचमा गुलाफी फ्रीज !

पर्यटन विश्व समाचार


जेठ २३ शुक्रबार,२०८२-
नामिबियाको मरुभूमिको बीचमा एउटा अचम्मको दृश्य देख्न पाइन्छ । मरुभूमिको गर्मी छल्दै हिडिरहेका यात्री तथा पर्यटकहरुले जब गौलाफी रंगको फ्रीज र आराम गर्ने कुर्सी टेबल देख्छन उनीहरु आनन्दित हुँदै खुसी हुँदै रमाउछन ।
झट्ट हेर्दा पुरानो बिग्रेको र कसैले छोडेर गएको जस्तो देखिने भए पनि जब यात्रीले त्यो पुर्ण रुपमा संचालित गुलाफी फ्रीज खोल्छन उनीहरुको खुसीको सिमा रहदैन । त्यसभित्र यात्रीहरुका लागि पेय पदार्थ राखिएको हुन्छ । यो जानाजानी सनकपुर्वक गरिएको जस्तो देखिने सुन्दर रचनात्मक कार्य नामिबियाको पर्यटन बोर्डले गरेको हो । मुख्य सडकबाट करिब २० मिनेटको दुरी भित्र बालुवा नै बालुवा भएको विकट भुभागमा यो आश्चर्यपुर्ण सुन्दर दृश्य देखिन्छ । त्यहाँ न कुनै मानविय संरचना देख्न पाइन्छ न मानवीय बाक्लो उपस्थिति नै छ । सौर्य उर्जाबाट संचालित सो फ्रीजसँग फोटो खिच्नेहरुको पनि कुनै कमी छैन । आधा सितलता त मरुभूमिको बिचमा यो फ्रीज देख्नासाथ प्राप्त हुन्छ । धेरै मानिस त यसलाई हेर्ने बित्तिकै अचम्मित हुँदै हास्न थाल्छन् । शरीरबाट तपतप पसिनाका थोपा खस्नेबेला चिसो पेय पदार्थ पिउन पाउदाको आनन्द बेग्लै हुन्छ ।
पक्कै पनि यो नामिबिया सरकारको अतिथिप्रतिको आदरसम्मान र पर्यटन प्रबर्द्धनमा एउटा सानो तर सुन्दर कदम हो ।
सामाजिक संजालहरुमा पनि यसको निकै चर्चा रहेको छ । यस कार्यका लागि प्रकृतिसँग कुनै पनि हस्तक्षेप भएको छैन । बस मरुभूमिमा एउटा गलाफी फ्रीज र गुलाफी कुर्सी टेबल !