वाईसीएल अध्यक्षमा पुष्प ओली, महासचिवमा गणेश शाही !

राजनीति समाचार

जेठ २४ शनिबार,२०८२/काठमाडौं-
नेकपा माओवादी केन्द्रसम्वद्ध
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन ।

शुक्रबार राजधानीमा ६ दिन चलेको तेस्रो सम्मेलनबाट दाङ घर भएका ओली अध्यक्ष बन्न सफल भएका हुन् । यसअघि उनी उपमहासचिव तथा प्रचार बिभाग प्रमुख थिए ।
त्यसैगरी महासचिवमा कालिकोट तिलागुफा नगरपालिकाका गणेश शाही चुनिएका छन् ।

गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलनमा सुरुवाती चरणमा नेतृत्व कसको पोल्टामा जाने भन्ने विषयमा तनाव सृजना भएको थियो ।

अध्यक्षको आकाङ्क्षीमा नवराज ऐर, केहरसिंह कुँवर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत करिब १३ जना थिए ।

उदघाटन कै दिनमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन छलफल पछि पारित भएको थियो र धेरै आकाङ्क्षीबीच रस्साकस्सी सुरु भएको थियो ।