असार २ सोमबार,२०८२/काठमाडौं-
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश गरेको छ ।
सोमबार न्यायाधीश ऋषि राजभण्डारी बसेको एकल इजलासले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्दै, दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाएको हो ।
चर्चित पत्रकार पाठकले आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।
उनका बिरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा परेपछि प्रकाउ गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।
पत्रकार पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट प्रस्तुत गरेका थिए । उनले ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत आफ्नो सामाग्री सार्वजनिक गरेका थिए ।
उनको पक्षबाट वरिष्ठ अधिवक्ता सम्भु थापा, दिनेश त्रिपाठी र भीमार्जुन आचार्य तथा ओमप्रकाश अर्याल, सन्तोष बहादुर सिग्देल, गोकुल भण्डारी, कुलराज लामिछाने, गोकुल न्यौपाने र दिवाकर पुरीले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्