जेठ ४ बुधबार,२०८२/काठमाडौं-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन ।
मंगलबार राति ५३ वर्षीया भारतिय नागरिक मीना सुर्जित सिंह खेमानी १ किलो १५९ ग्राम सुनसहित पक्राउ परेकी हुन ।
उनी एयर अरेबिया मार्फत शारजाहबाट काठमाडौं अवतरण गरेर विमानस्थलको आगमन भन्सारमा पुगेपछि पक्राउ परेकी थिइन ।
विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राथोरका अनुसार उनलाई हिजोनै भन्सारलाई जिम्मा लगाइएको छ । उनीमाथि अनुसन्धान भई रहदा; बरामद सुन बराबर मुल्यको रकम तिरेर धरौटीमा रिहा हुने प्रावधान पनि रहेको छ ।
