
श्रावण १३ मंगलबार,२०८२/बिहार-
भारतको बिहारमा एक बालकले विषालु गोमन सर्प टोकेर मारिदिएका छन ।
गत जुलाई २४ मा नेपालको सीमानजिकै बिहारको मोहची बनकटवा गाउँमा घरबाहिर खेल्दै गर्दा गोविन्द कुमार नाम भएका ती बालकले सर्पलाई मारेका थिए ।
आश्चर्य चकित पार्ने सो घटना पछि सर्प मार्ने बालकको सबैतिर चर्चा भई रहेको छ ।
“उसकी आमा घरपछाडि बारीमा काम गर्दै थिइन्,” गोविन्दकी हजुरआमा मतिसरी देवीले भनिन् । “उसले सर्प च्याप्पै समात्यो र दाँतले टोक्यो । पछि पो हामीले त्यो गोमन सर्प भएको थाहा पायौँ।”
त्यसको केही छिनमै गोविन्द अचेत भए र उनलाई अस्पताल लगिएको थियो ।
