
श्रावण २७ मंगलबार,२०८२/काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
मंगलबार भिजिट भिसा प्रकरण सम्बन्धमा न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन ।
सभामुख घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए थिए । यसैगरी उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे थिए ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद विना लामालाई बोल्ने समय दिए थिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
