भाद्र १९ बिहीवार,२०८२/काठमाडौं-
विवाद पछि राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध भएका छन ।
बिहीवार सङ्घीय संसद् सचिवालयले तोकेको उम्मेदवारी दर्ता गर्ने समय भित्र अरु कसैको उम्मेदवारी न परेपछि नेपाली काङ्ग्रेसका ओखलढुंगाबाट निर्वाचित सांसद खतिवडा निर्विरोध भएका हुन ।
यस अघि खतिवडाले सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए ।
श्रावण २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बनाइएर उनको पार्टीले झन पुरस्कृत गरेको छ ।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेपछि सो पदको अदला पदली भएको हो ।
उनकै पार्टीका सांसद जीवन परियारको सम्योजकत्वमा छनबिन भई उनी दोषी देखिए पनि,उल्टो उनलाई अर्को समितिको सभापति बनाइदै छ ।
उनी निर्विरोध भए पनि प्रक्रियागत कार्यका लागि शुक्रबार निर्वाचन हुने तालिका रहेको छ र सोही दिन भोलि नतिजा सार्वजनिक गरिने छ ।
