भाद्र २३ सोमबार,२०८२/काठमाडौं-
जेनजीको आन्दोलनका क्रममा राजधानीको बानेश्वर क्षेत्र रणमैदानमा परिनत भएपछि प्रहरीको गोलि लागेर १४ जनाको मृत्यु हुनुका साथै सय भन्दा बढी घाइते भएका छन ।
ट्रमा सेन्टरमा ६, कर्मचारी निजामती अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३, केएमसीमा १ र शिक्षण अस्पतालमा १ को उपचारका क्रममा मृत्यु भएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक रुप लिदा ६ जनाको मृत्यु भएको छ ।
यसक्रममा बानेश्वर क्षेत्रमा अत्यधिक राज्यद्वारा दमन गरिएको छ ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सेप्टेम्बर ८ सोमबार आन्दोलन घोषणा गरेको थियो ।
प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंको बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति उप राष्ट्रपति निवास वरपर राती १० बजेसम्मका कर्फ्यू
जारी गरिएको थियो ।
आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरि रहेको छ । देशका ठुला शहरहरुमा जेनजी आन्दोलन चर्किएको छ र मानिसहरु सडकमा उत्रिएका छन ।
