भाद्र २८ शनिबार २०८२/काठमाडौं-
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन ।
शुक्रवार संविधानको धारा ६१ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको हैसियतमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन ।
भाद्र २४ र २५ मा राजधानी लगायत प्रमुख शहरहरुमा भएको जेन जी आन्दोलन पश्चात् कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएकी हुन । यद्यपि यसको कार्यकाल छोटो र निर्वाचन गराउने मुख्य भुमिका रहने छ ।
यसैक्रममा आगामी निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ ।
