जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस !

राजनीति समाचार

भाद्र ३१ मंगलबार,२०८२/काठमाडौं-
नेपाल सरकारले जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउने युवाहरुको सम्मानमा असोज एक गतेका दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

भाद्र ३० सोमबारका दिन बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार नेपाल भरी रहेका सरकारी कार्यालयहरु, बिदेशस्थित दूतावास तथा नियोगहरुमा शोक दिवस मनाउदै राष्ट्रीय झन्डा आधा झुकाउन निर्देशन दिएको हो ।

भाद्र २३ गतेको जेन-जी आन्दोलन करिब ७२ जनाले ज्यान गुमाएका थिए । धेरै घाइतेहरु अझै पनि विभिन्न अस्पतालहरुमा उपचाररत छन ।

त्यसैगरी आज ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रीय सम्मानकासाथ दाह संस्कार गरिएको छ भने कतिपयलाई उनीहरुको गृह जिल्ला हेलिकप्टरमा पठाइएको छ ।