माओवादी केन्द्रको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव, मंसिरमा विशेष महाधिवेशन !

राजनीति समाचार

असोज ५ आइतबार,२०८२/काठमाडौं-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेका छन ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले हालको केन्द्रिय समिती बिगठन गर्दै मंसिरमै आगामी विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका हुन ।

सो प्रस्ताव अब छिट्टै केन्द्रिय समितिको पुर्ण बैठक बोलाएर अनुमोदन गर्ने योजना रहेको छ ।

पार्टीको गत पुसमा सम्पन्न भएको आठौँ महाधिवेशनले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरे पनि ठोस तयारी भएको थिएन ।

उपमहासचिव तथा संगठन बिभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले बेला बखत पार्टीलाई पुनर्गठन गर्ने र पुस्तान्तरणको सवाल अगाडि बढाउदै आएका छन ।

हालको केन्द्रिय समिती ४१९ जनाको रहेको छ ।