कात्तिक १३ बिहीवार,२०८२/काठमाडौं-
रेशम चौधरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन ।
बिहीबार चौधरी नयाँ दल दर्ताका लागि आफ्ना कार्यकर्ताहरु सहित आयोगको कार्यालयमा पुगेका हुन ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम रहने गरि नयाँ दलका लागि आवश्यक कागजात बुझाउन निर्वाचन आयोग उनका कार्यकर्ता सबैले एकै प्रकारको रातो पोशाक लगाएका थिए ।
उनी पार्टी अध्यक्ष समेत रहेकी श्रीमती रन्जिता श्रेष्ठसँग सम्बन्धमा दरार आएपछि नयाँ दल दर्ता तर्फ लागेका छन ।
उनीसँग डा.सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान लगायतका कार्यकर्ता पनि आयोग पुगेका थिए ।
