पुस ३ बिहीवार,२०८२/काठमाडौं-
नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको पुर्ण कमिटिले शपथ ग्रहण गरेको छ ।
बिहीवार भृकुटीमण्डपमा सम्पन्न ११औँ महाधिवेशनबाट पुनः निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको नयाँ कमिटीले शपथ ग्रहण गरेको हो ।
ओली र ईश्वर पोखरेल नेकपा एमाले नेतृत्व लिनेका लागि चुनावी मैदानमा उत्रिएका थिए । यो संगै ओली एमालेको अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन ।
मतपरिणाम अनुसार ओलीले १ हजार ६६३ मत हासिल गरेका छन भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई ५ सय ६४ मत प्राप्त भएको छ । जेनजी आन्दोलन पछि एमालेमा नयाँ नेतृत्वको बहस चले पनि ओली पुनः नेतृत्वमा उदाएका छन । २०७१ मा उनले तत्कालीन महासचिव माधव कुमार नेपाललाई ४४ को झिनो मतले पराजित गरेका थिए ।
उनी २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको सामान्य किसान परिवारमा जन्मिएका थिए । र राजनीतिमा लागेर विभिन्न समयमा उनी १४ वर्ष जेल बसेका थिए ।
