नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि रामकुमारी झाँक्री, लीला भण्डारी लगायत ६ जनालाई उम्मेदवारको बनाउने निर्णय गरेको छ ।
एमालेले रामकुमारी झाँक्री, लीला भण्डारी, रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा र मिना रखाललाई राष्ट्रियसभाको उम्मेदवार बनाउने टुंगो लगाएको हो ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन गरिने छ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि यही माघ ११ गते निर्वाचन तोकिएको छ ।
सोही अनुसार पुस २४ गते उम्मेदवारहरु बारे उजुरी दिन सकिने छ भने पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन मिल्ने प्रावधान रहेको छ ।
