पुष २७ आइतबार,२०८२/नयाँ दिल्ली-
गायक प्रशान्त तामाङको हृदयघातका कारण ४३ बर्षको उमेरमा निधन भएको छ ।
आइतबार उनको नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपाली मूलका भारतिय गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता बने पछि चर्चामा आएका थिए । उनको जन्म पश्चिम बंगालको दार्जीलिङमा ४ जनुअरी १९८३ मा भएको थियो ।
तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनयरत थिए, जसको डबिङ हुन बाँकी रहेको छ ।
उनले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका थिए । साथै उनले ‘असारै महिनामा पानी पर्यो रुझाउने…’ लगायतका थुप्रै चर्चित नेपाली गीत गाएका थिए ।
