पुष २९ मंगलबार,२०८२/काठमाडौं-
फागुन २१ मा तोकिएको निर्वाचनका लागि समानुपातिक बन्द सुचीमा रहेका १६४ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् ।
विभिन्न राजनीतिक दलबाट समानुपातिक सुचीमा परेका १६४ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका हुन् ।
निर्वाचन आयोगले रिक्त स्थानमा अर्को नाम सिफारिस गर्न सम्बन्धित दललाई सूचित गरेको छ ।
सोही क्रममा सबैभन्दा बढी सुचीबाट नाम फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ जहाँबाट ७८ जनाले उम्मेदवारी न दिने निर्णय गरेका छन । स्मरण रहोस लोसपाले जसपासँग पार्टी एकता गरेपछि त्यही अनुरुप समानुपातिक सुचीका नाम हटेका हुन ।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका २१ जनाले नाम फिर्ता लिएका छन ।
साथै जनमत पार्टीका २० जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सोही क्रममा जनादेश पार्टी नेपालबाट ६, नेकपा एमालेका ५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ र राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् ।
