
माग ६ मंगलबार,२०८२/काठमाडौं-
सुशीला कार्की नेतृत्वको सरकारका चार मन्त्रीहरुले राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन ।
आसन्न फागुन २१ को निर्वाचनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएर आज उम्मेदवारी दर्ता गराउन आआफ्नो जिल्ला तर्फ लागेका छन ।
सोही क्रममा निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट घण्टीका तर्फबाट र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीबाट काठमाडौं–३ बाट चुनाव लडने तयारीमा रहेका छन ।
त्यसैगरी निर्वतमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आफ्नो गृह जिल्ला म्याग्दीबाट प्रतिनिधिसभा सदस्य बन्ने दौडमा स्वतन्त्र उम्मेदवारका रुपमा छन भने युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि सिराहा-१ बाट उठने तयारी पुरा गरेका छन ।
भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनबाट अन्तरिम सरकारका मन्त्री बनेका यी मन्त्रीहरुले राजनीतिमा सकृय निरन्तरता दिने उद्देश्यले प्रतिनिधि सभा निर्वाचनमा होम्मीएका छन ।
