
माघ १३ मंगलबार,२०८२/काठमाडौं-
नेपाली कम्युनिस्ट पार्टी र चुरे भावर पार्टीबीच एकता भएको छ ।

मंगलबार नेकपाका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टीका नेता कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।
यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चापागाईको नेतृत्वमा अर्को समुह पनि नेपाली कम्युनिस्ट पार्टीसँग एकता प्रक्रियामा आएको छ ।
साथै नेकपा एमाले परित्याग गरी नवलपरासी कावासोती स्थायी निवासी तथा गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारीले नेकपा प्रवेश गरेका छन ।
