माघ १४ बुधबार,२०८२/महाराष्ट्र-
भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बारामतीमा दुर्घटनाग्रस्त हुँदा ६६ बर्षको उमेरमा उनको निधन भएको छ ।

बुधबार बिहान मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
विमानमा उनीसँगै रहेका एक जना सुरक्षाकर्मी, पीए र दुई जना चालक दलका सदस्य सहित सबै पाँच जनाको मृत्यु भएको छ ।
