दाङबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना, ४० घाइते !

समाचार

माघ १६ शुक्रवार,२०८२/भरतपुर-

दाङबाट काठमाडौँ आउदै गरेको बस चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा ४० जना घाइते भएका छन ।

शुक्रबार बिहान ३ बजे तिर लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको हो ।

घाइतेहरुको भरतपुरस्थित विभित्र अस्पतालमा उपचार भई रहेको र सबै जना खतरा मुक्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जनाएका छन ।

दुर्घटनाको प्रारम्भिक कारण उच्च गति हुन सक्ने प्रहरी उपरीक्षक पुरीले बताए ।