बालेनको चुनावी प्रचारमा अछाम पुगेका पत्रकार सिटौलाको उपचारका क्रममा निधन !

मनोरञ्जन राजनीति समाचार
 माघ १८ आइतबार,२०८२/काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा अछाम पुगेका चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ ।

आइतबार काठमाडौंस्थित ग्रान्डी अस्पतालमा दिउँसो १२: ४५ मा पत्रकार सिटौलाको ब्रेन ह्यामरेजले निधन भएको अस्पतालले जनाएको हो ।

उनी अछाममा एक्कासि बेहोस भए पछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

निकै चिन्ताजनक अवस्थामा काठमाडौं ल्याइएपछि चिकित्सकहरुले उनलाई सुरुमै करिब ४५ मिनेटसम्म सीपीआर दिएका थिए । सो क्रममा मुुटुको चाल सुरु भए पनि उनीमा अरु कुनै सुधार भने देखिएको थिएन ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजे सम्म राखिनेछ ।

काठमाडौंको टोखा नीवासी ४५ वर्षका सिटाैला ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका अध्यक्ष तथा सम्पादक पनि थिए ।