माघ २४ शनिबार,२०८२/काठमाडौं-
चर्चित अभिनेता सुनिल थापाको हृदयाघातका कारण ६५ बर्षको उमेरमा निधन भएको छ ।
शनिबार बिहान अभिनेता थापाको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
कलाकार संघले उनको निधनप्रति दुख ब्यक्त गर्दै विज्ञप्ति मार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
राते काइला, शेर सिंह र दिनेश लामिछाने नामले पनि चिनिने थापाको जन्म दाङ जिल्लामा सन १९६०, मे १९ मा भएको थियो ।
उनको परिवारमा उनकी श्रीमती रजनी लिम्बू र दुई सन्तान रहेका छन ।
थापाले नेपाली मात्र न भएर भारतीय चलचित्रमा पनि आफ्नो छाप छोडेका छन । भारतिय अभिनेत्री प्रियंका चोप्रा मुख्य भुमिकामा रहेको फिल्म मेरी कोममा थापाले उनको प्रशिक्षकको भुमिका खेलेका थिए । सो चलचित्रका लागि उनले अवार्ड पनि पाएका थिए ।
उनको पहिलो हिन्दी चलचित्र भने सन १९८१ मा बनेको ‘एक दुजे के लिए’ थियो, जसमा कमल हसन र रति अग्निहोत्रीले अभिनय गरेका थिए ।
उनले सन १९७४ मा भारतको मुम्बईबाट मोडलिङ् करियरको सुरुवात गरेका थिए । सोही साल उनले जेएस मेगजिनमा फोटो पत्रकारको जागिर पनि गरेका थिए ।
नेपाली चलचित्रमा खलनायकको पनि नायकको जतिनै महत्व उजागर गर्नेमा उनको मुख्य भुमिका रहेको छ । उनले थुप्रै भोजपुरी फिल्ममा पनि अभिनय गरेका छन ।
कुनै समयमा उनी फुटबल खेलाडी पनि थिए ।
उनी काठमाडौको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।
