चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै नेकपा ! !

राजनीति समाचार

माघ २७ मंगलबार,२०८२/काठमाडौं-

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्र सार्वजनिक गर्दै छ ।

मंगलबार दिउँसो ३ बजे निर्वाचन परिचालन समितिको बैठक बसेर आजै ४ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

परिचालन समितिको बैठक पार्टीका संयोजक पुष्प कमल दाहल ‘प्रचण्ड’ को नेतृत्व केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेर १३ सदस्यीय समितीले अन्तिम टुंगो लगाएर सार्वजनिक गर्ने कार्यालय सचिव डोर प्रसाद उपाध्यायले जानकारी गराए ।

सो कमिटीमा दुई जना महिला नेतृ पम्फा भुसाल र एकताबाट आएकी अर्की नेतृ रन्जिता श्रेष्ठ रहेका छन ।