दाङका प्रलोपा उम्मेदवार प्रतिक अधिकारी नेकपामा प्रवेश !

राजनीति समाचार

फागुन ६ बुधबार,२०८२/घोराही-

दाङ क्षेत्र नम्बर २ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार प्रतिक अधिकारीले नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन ।

बुधबार घोराहीमा आयोजित कार्यक्रमका बीच पेशाले ईन्जिनियर रहेका प्रलोपा उम्मेदवार अधिकारीले पार्टी परित्याग गरेर नेकपाका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेका हुन ।

यस अघि आम जनता पार्टीका उम्मेदवार कृष्ण बहादुर बिकले पनि आचार्यलाई समर्थन गरेका थिए ।