एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक !

राजनीति समाचार

फागुन २९ शुक्रबार,२०८२/काठमाडौं-

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक परेको छ ।

शुक्रबार ९७ वर्षको उमेरमा एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।