खोटाङमा हेलिकोप्टर दुर्घटना, ६ जना घाइते !

अन्य समाचार
चैत्र ४, २०८२ बुधबार/खोटाङ-
खोटाङमा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन ।

बुधबार बिहान ११ः५५ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेमा अवतरणका क्रममा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन ।

अवतरण हुनु अघि केही उचाईमा रहेकै बेला हेलिकप्टर अनियन्त्रित भएको थियो ।

घाइतेहरुको उद्धार गरी काठमाडौं ल्याएर उपचार भई रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाएका छन ।

त्यहाँकी एक जना स्थानीय महिला मनलसी राईको शव बोकेर अन्तिम संस्कारका लागि परिवारका सदस्यहरुसहित एक जना पास्टर काठमाडौंबाट त्यहाँका लागि उडेका थिए ।