चैत्र ८ आइतबार,२०८२/रुकुम पश्चिम-
रुकुम पश्चिमको बाफिकोटमा बिहेबाट फर्किने क्रममा खोलामा बेपत्ता भएका ३ जना मध्येकि १३ वर्षीय सपना ओलीको शव बल्ल भेटिएको छ ।
आइतबार रुकुम पश्चिम बाफिकोट गाउँपालिका-३ गरालाबोटकी किशोरी सपना ओलीको शव मुसिकोट नगरपालिका-१३ छिबाङस्थित सानीभेरी खोलामा भेटिएको हो ।
उनीसँगै फागुन २५ गते बेपत्ता भएका उनका काकाका दुई छोरीहरू १२ वर्षीया उर्मिला र १४ वर्षीया कल्पनाको भने अर्को दिन बिहान घटना स्थल नजिकै शव भेटिएको थियो ।
आज आफन्त बोलाएर शवको पहिचान गरिएको र भोलि मात्रै पोस्टमार्टम गरिने डीएसपी वेद प्रसाद पौडेलले जानकारी दिए ।
फोरेन्सिक रिपोर्ट आउन बाकी रहदा पोस्टमार्टमका अनुसार किशोरीहरुको नदीमा डुबेरै मृत्यु भएको उनले बताए ।