
चैत्र १२ बिहीवार,२०८२/काठमाडौं-
प्रतिनिधि सभाका लागि निर्वाचित नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीवार सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनमा जेष्ठताका आधारमा ७८ वर्षीय नेपाली काङ्ग्रेसका सांसद अर्जुननरसिंह केसीले २७४ जना सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन ।
नेपाली राजनितीका यस अघिका मुख्य दलहरु नेपाली काङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरुको उपस्थिति खुम्चिएको थियो भने नयाँ उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको रौनक निकै बढेको थियो ।

नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचनमा पराजित सदनमा देखिएनन ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई सकारात्मक काममा सहयोग रहने उल्लेख गरेका थिए ।
अधिकांस सांसदहरुको भनाई यसै प्रकारको थियो ।
प्रतिक्रिया दिनुहोस्