वीर अस्पतालमा महिलालाई निःशुल्क क्यान्सर परीक्षण सुरू !



चैत्र १६, २०८२ सोमबार/काठमाडौं-

वीर अस्पतालमा महिलाहरुका लागि निःशुल्क क्यान्सर परीक्षण सुरू भएको छ ।

सोमबार देखि काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा महिलाहरूमा हुने स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण सुरू गरेको हो ।

अस्पतालमा आयोजीत कार्यक्रममा क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने बताइएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बच्न सक्ने बताउदै उपचार सरल र कम खर्चिलो पनि हुने बतायिन ।

‘यहीँबाट म सबैलाई अनुरोध गर्छु अब यो लाज, डर र अचेत सबै कुरालाई तोड्ने समय हो । महिला दिदिबहिनीले परिवारका अरू सदस्यलाई प्राथमिकता दिनुहुन्छ, आफूलाई अन्तिममा राख्नुहुन्छ। तपाईं स्वस्थ हुनुभयो भने सिंगो परिवार स्वस्थ हुन्छ,’ उनले थपिन ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र कुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको बताए ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिलिप शर्माले महिलाले पटक पटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए ।

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले जो कसै महिलाले क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण रिफर पुर्जी लिएर अस्पतालमा क्यान्सर परीक्षण गराउन सकिने जनाए ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्