इनिसा मृत्यु: सरकारी वकिल कार्यालयद्वारा योजनाबद्ध सामूहिक बलात्कार ठहर, जिल्ला अदालतले ४ जनालाई पुर्पक्षको आदेश !



चैत्र १७, मंगलबार २०८२/सुर्खेत-
इनिसा मृत्यु प्रकरणमा सुर्खेत जिल्ला अदालतले चार जना आरोपी नाबालकहरुलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।
मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले सरकारी वकिलको कार्यालयले आइतबार योजनाबद्ध सामूहिक बलात्कार ठहर गरे लगत्तै आरोपीहरुलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाएको हो ।
यसअघि चैत्र ११ गतेको प्रहरी प्रतिवेदनले भने मृतकका प्रेमीले दिएको बयान अनुसारनै सामुहिक बलात्कार न भई एकल करणी  भनेर उल्लेख गरेको थियो ।
उता सरकारी वकिल कार्यालयले भने पोस्टमार्टम प्रतिवेदन, घटनास्थलको प्रकृति लगायतको प्रमाणको आधारमा सामुहिक बलात्कार भएको उल्लेख गर्दै अभियोग पत्र अदालतमा दायर गरेको थियो ।
सम्पुर्ण अनुसन्धान तथा अदालती प्रक्रिया पछि मात्र अन्तिम निर्णय तथा आदेश हुनेछ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा आफ्नी आमासँग बस्दै आएकी थिइन् ।
फागुन २३ गते बिहान ६ बजे ट्युसन पढ्न जाने भन्दै निस्किएकी उनी नजिकैको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासि बेहोस भएपछि मात्र आफ्ना साथीहरूलाई सहयोगका लागि बोलाएको भन्दै बयान दिदै आएका छन ।

 

प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार
अरु पनि पढ्नुहोस्